प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा
सुदूरपश्चिम, बैशाख २५ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी...
सुदूरपश्चिम, बैशाख २५ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन।
प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सो स्थानको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिए। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ।











