Kathmandu Press

खेलाडी विवाद छानबिन समिति गठन

खेलाडी विवाद छानबिन समिति गठन

काठमाडाैं, बैशाख २५ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटी गठन गरेको छ।

एन्फाको आज बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो। एन्फाले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। कमिटीमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा हुन।

कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ। मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटकपटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीले बताउँदै आएका छन्।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्