Kathmandu Press

चुनावी घरदैलोमा सगुन खाने बिषयमा प्रहरीले गरायो सचेत 

काठमाडौं, वैशाख २५ : नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने...
चुनावी घरदैलोमा सगुन खाने बिषयमा प्रहरीले गरायो सचेत 

काठमाडौं, वैशाख २५ : नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो ।

प्रहरीले भनेको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’

आजै सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका थिए ।  

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्