काठमाडौंमा वैशाख २७ देखि ३० गतेसम्म मदिरा बिक्री वितरणमा रोक
काठमाडौं, वैशाख २५ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ ।आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३०...
काठमाडौं, वैशाख २५ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ ।
आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन पनि निर्देशन दिएको छ ।
प्रकाशित मिति: १८:२८ बजे, आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











