Kathmandu Press

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सप्तरी, बैशाख २५ : सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। अनियन्त्रित भई पल्टिएको प्र २–०१–००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका राजिन पोद्दारका छोरा १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन्। शिवको शवपरीक्षणका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्