Kathmandu Press

आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट : ओली

काठमाडाैं, वैशाख २५ : एमाले अध्यक्ष केपी ओलीले कसैले तर्साउँदैमा जनता नतर्सिने बताएका छन्।आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका...
आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट : ओली

काठमाडाैं, वैशाख २५ : एमाले अध्यक्ष केपी ओलीले कसैले तर्साउँदैमा जनता नतर्सिने बताएका छन्।

आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताएका हुन्।

एमालेले अघि सारेका विकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याँक्ने जिकिर गरे। अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताए।

उनले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राखे।

यसअघि एमालेले बुटवल नगरमा धेरै नै बिकासका काम गरेको भन्दै थप विकासको जिम्मा पनि एमालेलाइ दिन उनले आग्रह गरे।

ओलीले एमालेको विजयी यात्रा स्थानीय तहबाटै सुरु हुने दाबी गरे। 

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्