घरदैलो गर्ने क्रममा ‘सगुन’ खाँदा एक उम्मेदवारसहित तीनजना बिरामी
सर्लाही, वैशाख २५ : भोट माग्न घरदैलो गर्ने क्रममा ‘सगुन’ खाँदा सर्लाहीमा एक उम्मेदवारसहित तीनजना बिरामी परेका छन्।हरिवन नगरपालिका–११ का उम्मेदवार शेष इस्तिहारसहित तीनजना...
सर्लाही, वैशाख २५ : भोट माग्न घरदैलो गर्ने क्रममा ‘सगुन’ खाँदा सर्लाहीमा एक उम्मेदवारसहित तीनजना बिरामी परेका छन्।
हरिवन नगरपालिका–११ का उम्मेदवार शेष इस्तिहारसहित तीनजना बिरामी भएका हुन्। बिरामी हुने अन्य दुई जना प्रचार टोलीमै संलग्न उमा साह र पूर्णिमा कार्की हुन्।
इस्तिहार माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष उम्मेदवार हुन्। हरिवनका स्थानीयहरुले निर्वाचन प्रचारप्रसार गदै आएको टोलीलाई ‘सगुन’ भन्दै केही खानेकुरा खान दिएका थिए।
उनीलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
बिरामी शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको र बाँकी दुईको स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२२ बजे, आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











