पत्रकारका पाँच संगठनलाई आयोगले साेध्याे २४ घन्टे स्पष्टीकरण
काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले सत्ता गठबन्धन दलनिकट पत्रकारका पाँच संगठनसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ।पाँच दलीय गठबन्धनका पक्षमा मत मागेको भन्दै...
काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले सत्ता गठबन्धन दलनिकट पत्रकारका पाँच संगठनसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ।
पाँच दलीय गठबन्धनका पक्षमा मत मागेको भन्दै आज (आइतबार) आयोगले नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर, नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन, जनता समाजवादी पार्टी (जसपा) निकट नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चानिकट प्रगतिशील पत्रकार संघसँग स्पष्टीकरण सोधेको हो।
ती संगठनले शनिबार गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्दै विज्ञप्ति निकालेका थिए। युनियनका अध्यक्ष बद्री सिग्देल, सेन्टरका अध्यक्ष विष्णु सापकोटा, संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मञ्चका अध्यक्ष केशव अर्याल र संघका सचिव श्यामलाल पोखरेललाई आयोगले २४ घण्टाभित्र लिखित जवाफसहित स्पष्टीकरण दिन निर्देशन दिएको हो।
निर्वाचनको मिति नजिँदै एकातिर निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीत काम भइरहेका छन् भने त्यस्तो कार्य गर्नेलाई आयोगले स्पष्टीकरण सोधिरहेको छ।











