Kathmandu Press

सूर्य नेपाल गल्फ : एनपिजिए टुर च्याम्पियनसिप भोलिबाट

काठमाडाैं, वैशाख २५ : सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ।नेपाल गल्फर एसोसिएसनले आइतबार...
सूर्य नेपाल गल्फ : एनपिजिए टुर च्याम्पियनसिप भोलिबाट

काठमाडाैं, वैशाख २५ : सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ।

नेपाल गल्फर एसोसिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ।

प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ। प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहनेछ।

प्रतियोगितामा शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापा र रवि खड्कालगायतले प्रतिस्पर्धा गर्ने छन्।

विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्। यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने एसोशियसनले जनाएको छ।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्