Kathmandu Press

पोखराको चुनावी सभा सकेर दाङ पुगे प्रधानमन्त्री देउवा 

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । दाङमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न...
पोखराको चुनावी सभा सकेर दाङ पुगे प्रधानमन्त्री देउवा 

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । दाङमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा केही बेरअघि दाङ पुगेका हुन्। 

दाङ जानुअघि प्रधानमन्त्रीले पोखरामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए। दाङमा प्रधानमन्त्री देउवासहित नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ। 

पोखराको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन हुँदा सबैभन्दा बढी फाइदा कांग्रेसलाई नै भएका कारण गठबन्धनको पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । उनले गठबन्धन विजयी भएमात्र पार्टी र देशले विजय हासिल गर्ने बताएका थिए। 

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्रै बाँकी हुँदा गठबन्धनले धमाधम चुनावी सभाको आयोजना गरिरहेको छ।  विभिन्न स्थानहरुमा गठबन्धनका कार्यकर्ताबीच आन्तरिक विवाद भएका कारण शीर्ष तहका नेताहरु नै पुगेर आ–आफ्ना दलका कार्यकर्ताहरुलाई गठबन्धनको औचित्य बुझाउने प्रयत्नमा छन् । 

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्