Kathmandu Press

चुनावकाे दिन पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं, वैशाख २५ : स्थानीय निर्वाचनका दिन वैशाख ३० गते मुलुकका विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको छ।जल तथा मौसम विज्ञान विभागले आज (आइतबार)...
चुनावकाे दिन पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं, वैशाख २५ : स्थानीय निर्वाचनका दिन वैशाख ३० गते मुलुकका विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) स्थानीय तहको निर्वाचन २०७९ का लागि विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेर ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जानकारी दिएको हो।

निर्वाचनकै दिन प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हलुका वर्षाको सम्भावना छ।

विभागले चुनावको दुई दिनअघिदेखि भाेलिपल्टसम्मको मौसम स्थितिबारे अनुमान गरेको छ।

वैशाख २८ र २९ वैशाखमा देशका विभिन्न स्थानमा हलुकादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार चुनावको भालिपल्ट वैशाख ३१ गते वाग्मती, मधेस, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ ।

विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्न  सक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार(पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गते (२०२२ मे १३) सम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ।

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिएको विभागले जनाएको छ।

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्