Kathmandu Press

जेठ ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो चार बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।  
जेठ ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस 

काठमाडौं, वैशाख २५ : सरकारले संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो चार बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।  

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ। 

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १ गते संसद अधिवेशन अन्त्य गरेकी थिइन् । 

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्