म्यान्मा भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति
काठमाडाैं, कात्तिक ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएक....

काठमाडाैं, कात्तिक ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छिन्।
म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँच दिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन्।
म्यानमारका महामहिम राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद्! भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ।
— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) October 21, 2019
“म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ,” राष्ट्रपति भण्डारीले ट्वीटमा उल्लेख गरेकी छिन्।
राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा गएकी थिइन्। राष्ट्रपति भण्डारी म्यान्माबाट सिधैँ आइतबार जापान पुगेकी छिन्।











