पोखरामा प्रधानमन्त्री देउवाले भने– गठबन्धनबाट कांग्रेसलाई बढी फाइदा छ
काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका छन् । आइतबार पोखरामा गठबन्धनको चुनावी...
काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका छन् ।
आइतबार पोखरामा गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनले सबैभन्दा बढी कांग्रेसलाई फाइदा भएका कारण यसको पक्षमा लाग्न आग्रह गरेका हुन्।
देशभरका महानगरपालिका र उपमहानगरपालिकामा कांग्रेसकै उम्मेदवार बढी भएका कारण इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन क्रियाशिल हुने आग्रह गरे । उनले गठबन्धनले जितेको अवस्थामा मात्रै देशको विजय हुने समेत बताए । ‘गठबन्धनको उम्मेदवारले जित्दा कांग्रेससँगै सिंगो देशको नै विजयी हुन्छ,’ उनले भने।
पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार बनेका छन् । एकीकृत समाजवादीलाई मेयर दिएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले पोखरामा चर्को विरोध जनाएका थिए। कार्यकर्ताको विरोधलाई शान्त पार्नका लागि गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गरेको हो।











