Kathmandu Press

दक्षिणपन्थीलाई परास्त गरेर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ : नेपाल

पोखरा, वैशाख २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्नेमा जाेड दिएका छन्।पोखरामा आज (आइतबार) आयोजित सत्तारुढ...
दक्षिणपन्थीलाई परास्त गरेर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ : नेपाल

पोखरा, वैशाख २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्नेमा जाेड दिएका छन्।

पोखरामा आज (आइतबार) आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने दुई गठबन्धनमध्ये दक्षिणपन्थी गठबन्धनलाई परास्त गरेर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने बताएका हुन्।

‘एकातिर वाम लोकतान्त्रिक गठबन्धन छ, जुन अहिले सत्तामा छ,’ उनले भने, ‘अर्कोतिर प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ अर्थात् गणतन्त्र विरोधी गठबन्धन छ। दुईदुई पटक संसद विघटन गरेको छ।’ प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले र सो पार्टीका अध्यक्षले गर्ने उनको भनाइ थियो।

उनले एमाले अध्यक्ष केपी ओलीलाई बयलगाढा दर्शनका प्रवर्तकको संज्ञा पनि दिएर्। बयलगाढा दर्शनको प्रवर्तक बयलगाढा चढेर अमेरिका जानु र आन्दोलन गरेर ज्ञानेन्द्रको शासन ढाल्नु अनि गणतन्त्र ल्याउनु उस्तै हो भन्ने कुन मुखले आफूलाई प्रस्तुत गर्छन्,’ उनले भने।

उनले पोखराका मतदातालाई गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल पनि गरे। पोखरा महानगर मेयरका लागि गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन्। उपमेयर उम्मेदवार भने कांग्रेसकी कोपिला रानाभाट छिन्।

सोही सभालाई सम्बोधन गर्ने क्रममा उनले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसप्रति पनि असन्तुष्टि पोखेका छन्। दम्भले केपीको पनि विनाश भएको भन्दै उनले कांग्रेसलाई पनि शक्तिको दम्भ नदेखाउन चेतावनी दिए। सबैको शक्तिलाई स्वीकार्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्