Kathmandu Press

धनुषाका उम्मेदवारकाे घरदैलो अभियान अन्तिम चरणमा

जनकपुर, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन्।गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा...
धनुषाका उम्मेदवारकाे घरदैलो अभियान अन्तिम चरणमा

जनकपुर, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन्।

गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पु¥याएका छन्। मौनअवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ।

Hardik ivf

आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन्। 'करिब करिब सबै वडामा घरदैलो सकिएको छ”, सत्तारुढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले भन्नुभयो, “बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ।' मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ।

यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए। 'हामीले उपमहानगरपालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं,' उनले भने, 'आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौं।'

विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घरघरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन्। 

निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश प्रदेश निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए।

एक उपमहानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित विभिन्न पदमा करिब ४० हजार ९२४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कूल आठ जिल्ला रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।  

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्