Kathmandu Press

उपनिर्वाचनका लागि तोकियो ३७ मुख्य निर्वाचन अधिकृत 

काठमाडौं, कात्तिक ४ : निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि ३७ जना मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। 

आयोगले उपन....

उपनिर्वाचनका लागि तोकियो ३७ मुख्य निर्वाचन अधिकृत 

काठमाडौं, कात्तिक ४ : निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि ३७ जना मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। 

आयोगले उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न कात्तिक १३ गतेबाट लागू हुने गरी ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिको निर्णय न्याय परिषद्  र निर्वाचन अधिकृतको नियुक्ति न्याय सेवा आयोगको परामर्शमा गरिएको निर्वाचन आयोगले जनाएको छ। 

मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। 

हेर्नुस् आयोगको विज्ञप्ति: 


 

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, कात्तिक ४, २०७६