Kathmandu Press

एमालेमा मात्रै  राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास छ : ओली

काठमाडौं, वैशाख २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा मात्रै राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास रहेको बताएका छन्। आइतबार पत्रकार सम्मेलनमार्फत ओलीले एमालेकै...
एमालेमा मात्रै  राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास छ : ओली

काठमाडौं, वैशाख २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा मात्रै राष्ट्रिय आँट, संकल्प र आत्मविश्वास रहेको बताएका छन्। 

आइतबार पत्रकार सम्मेलनमार्फत ओलीले एमालेकै उद्धेश्यमा आम नेपाली जनतालाई गोलवद्ध बनाउँदै राष्ट्रिय परिवर्तन र रुपान्तरणको महाभियानमा विश्वासका साथ अघि बढाउन सकिने बताए। 

‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्विलो राष्ट्र बनाउन चाहन्छौं । त्यो एमालेबिना सम्भव छैन,’ उनले भने। 

अध्यक्ष ओलीले कुनै दलविशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नरहेको पनि बताएका छन् । ‘हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो,’ उनले भने, ‘नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो  । नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो।’

ओलीले एमालेको महाभियानलाई पूर्ण सफल बनाउन आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट यस निर्वाचनमा अझ बढी साथ सहयोग र समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको पनि बताए। 
 

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्