Kathmandu Press

आईपीयू सम्मेलनमा नेपाललाई संविधान बनाएबापत युवा सशक्तीकरण पुरस्कार 

काठमाडौं, कात्तिक ४ : सर्बियाको बेलग्रेडमा आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा नेपाल पुरस्कृत भएको छ । नेपालले युवाल....

आईपीयू सम्मेलनमा नेपाललाई संविधान बनाएबापत युवा सशक्तीकरण पुरस्कार 
फाइल फोटो

काठमाडौं, कात्तिक ४ : सर्बियाको बेलग्रेडमा आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा नेपाल पुरस्कृत भएको छ । नेपालले युवालाई सशक्तीकरण गर्ने नयाँ संविधान निर्माण गरेको भन्दै उक्त पुरस्कार प्रदान गरेको हो । 

उक्त सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निम्ता पठाएको भए पनि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो । अध्यक्ष तिमल्सिनाले उक्त पुरस्कार प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्ने छन् । 

आईपीयूमा नेपाल, भारत, चीन, अमेरिका लगायत संसारका १८९ देश सदस्य छन् । ‘यो ठूलो पुरस्कार हो । यो पाउँदा विश्वमै नेपालको सम्मान भयो’, विघटित संविधानसभा अध्यक्ष एवम् नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले भने, ‘यो देशका लागि गौरवको विषय हो । हामीले युवालाई सशक्तीकरण गर्ने संविधान निर्माण गरेबापत उक्त सम्मान पाएका हौँ ।’

उक्त पुरस्कार लिएर राष्ट्रियसभा अध्यक्ष तिमल्सिना सोमबारै स्वेदश फर्किएका छन् । उक्त पुरस्कार दिनुअघि आईपीयू बैठकमा नेपालको संविधान निर्माणदेखि जारी गर्दासम्मको भिडियो पनि प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, कात्तिक ४, २०७६