Kathmandu Press

मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख उपलब्ध गराउने 

निर्वाचनको सुरक्षामा खटिएका म्यादीसहितका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार खर्च ब्यहोर्ने भएको छ । त्यस्तै हिमाली भेगमा खटिने म्यादी प्रहरीले प्रहरी जवानसरह रासनभत्ता पाउने भएका छन् । 
मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख उपलब्ध गराउने 
फाइल तस्बिर

काठमाडौँ, वैशाख २५ : सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। 

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो। 

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रीपरिषद् बैठकको निर्णयमा भनिएको छ।  

त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

बैठकले  हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्