Kathmandu Press

आज पोखरामा गठबन्धनको चुनावी सभा, एमालेको चितवन र बुटवलमा

काठमाडौं, वैशाख २५ : सत्ता गठबन्धनले आज कास्कीमा चुनावी सभा गर्दैछ । पोखरास्थित अमरसिह चौरमा बिहान ११ बजे हुने सभालाई गठबन्धनका शीर्ष नेताहरुले...
आज पोखरामा गठबन्धनको चुनावी सभा, एमालेको चितवन र बुटवलमा
फाइल तस्बिर

काठमाडौं, वैशाख २५ : सत्ता गठबन्धनले आज कास्कीमा चुनावी सभा गर्दैछ।पोखरास्थित अमरसिह चौरमा बिहान ११ बजे हुने सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्।

सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले पोखरालाई सम्बोधन गर्नेछन्। 

पोेखरा महानगरपालिकामा नेपाली कांग्रेसको चर्को विरोधका बीच मेयरको टिकट एकीकृत समाजवादीका धनराज आचार्यले पाएका छन्। कांग्रेस कार्यकर्ताहरुको चर्को विरोध भएका कारण प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्न लागेका हुन्।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने  सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पोखरामा नै भोली एमालेले चुनावी सभा गर्दैछ।आज चितवन र बुटवलमा एमालेको चुनावी सभा आयोजना गरिएको छ। उक्त सभालाई अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। 
 

प्रकाशित मिति: १०:११ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्