दाङमा सत्तारुढ गठबन्धनका आज दुई आभसभा
दाङ, वैशाख २५ : सत्तारुढ पाँच दलीय गठबन्धनले आज दाङका दुई स्थानमा चुनाव आमसभा गर्न लागेको छ।तुलसीपुरको अरणी मैदान र घोराहीको जिल्ला समन्वय...
दाङ, वैशाख २५ : सत्तारुढ पाँच दलीय गठबन्धनले आज दाङका दुई स्थानमा चुनावी आमसभा गर्न लागेको छ।
तुलसीपुरको अरणी मैदान र घोराहीको जिल्ला समन्वय समिति मैदानमा गठबन्धनको चुनावी आमसभा हुने भएको छ। चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनीसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव विजय पौडेललगायत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
तुलसीपुरको अरणी मैदानमा मध्याह्न १२ बजे आमसभा हुने कांग्रेस जिल्ला सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए। तुलसीपुरको सभा सकेपछि गठबन्धनका नेताहरु घोराही जाने कार्यक्रम रहेको उनले बताए।
गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर राना मगर उम्मेदवार छन्।
त्यस्तै, गठबन्धनबाट घोराही उपमहानगरपालिकामा मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी उम्मेदवार छन्।











