नेकपा-कांग्रेसको सम्बन्ध सुधार्न बालुवाटारमा छलफल
काठमाडौं, असोज ४ : प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता एवं सभापति शेरबहादुर देउवाब....
काठमाडौं, असोज ४ : प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता एवं सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
कांग्रेस सांसद् मोहम्मद अफ्ताव आलमको पक्राउपछि सरकार र प्रतिपक्षी कांग्रेसबीच सम्बन्ध चिसिएकोबेला प्रधानमन्त्री निवास बालुवाटारमा उक्त छलफल भएको हो।
बैठकमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दिएको जानकारीअनुसार, बैठकमा सत्ता र प्रतिपक्षबीच नियमित भेटघाट र छलफल गर्ने सहमति भएको हो।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक छिटो संसद्मा लैजानेबारे पनि छलफल भएको छ।
‘यो ऐन संशोधन नहुँदासम्म यसबारे कुरा उठिरहन्छ, त्यसैले छिटो अघि बढाउनेबारे सामान्य कुराकानी भएको हो’, नेम्वाङले काठमाडौंप्रेससँग भने।
बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपनेता नेम्वाङ र वर्षमान पुन सहभागी थिए। कांग्रेसका सभापति देउवासहित मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी थिए।






