आयोगले १७ जिल्लामा खटायो केन्द्रीय अनुगमन टोली
काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले स्थानीय चुनावका लागि १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ।आयोगले बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील...
काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले स्थानीय चुनावका लागि १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ।
आयोगले बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाउने निर्णय गरेको हो। विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा अनुगमन टोली परिचालन हुनेछ।
केन्द्रीय अनुगमन टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमन गर्ने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताको अनुगमन गरी कुनै निर्णय लिन सक्ने वा कारबाही गर्न सक्ने अधिकार दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। उनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न काम गर्न केन्द्रीय अनुगमन टोलीलाई निर्देशन दिइएको बताए।
प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











