Kathmandu Press

साढे नौ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन, वैशाख २५ : पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड साढे नौ घण्टापछि सञ्चालनमा आएको छ।चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ...
साढे नौ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन, वैशाख २५ : पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड साढे नौ घण्टापछि सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४५ बजेदेखि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार अवरुद्ध सडक आज बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो। पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोले कयौं यात्रु रातभर बाटोमै रोकिएका थिए।

प्रकाशित मिति: ०७:३२ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्