Kathmandu Press

फेसबुकमा दलको चुनावी प्रचार गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

हेटौंडा, वैशाख २५ : सामाजिक सञ्जालमा राजनीतिक दलको पक्षमा लेखेका एक सहायक निर्वाचत अधिकृतलाई हटाइएको छ।मकवानपुरमा कार्यरत सहायक निर्वाचन अधिकृतले राजनीतिक दलको प्रचार...
फेसबुकमा दलको चुनावी प्रचार गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

हेटौंडा, वैशाख २५ : सामाजिक सञ्जालमा राजनीतिक दलको पक्षमा लेखेका एक सहायक निर्वाचन अधिकृतलाई हटाइएको छ।

मकवानपुरमा कार्यरत सहायक निर्वाचन अधिकृतले राजनीतिक दलको प्रचार गरेकाले हटाइएको जनाइएको छ।

मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

उनले सामाजिक सञ्जालमा राजनीतिक दलको चुनवाी प्रचार गरेको आयोगले जनाएको छ। उनलाई सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको आयोगले जनाएको छ।

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्