Kathmandu Press

कोलकतालाई हराउँदै लखनऊ शीर्षस्थानमा

काठमाडौं, वैशाख २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकतालाई हराउँदै लखनऊ सुपर जाइन्टस शीर्षस्थानमा उक्लिएको छ।गए राति भएका खेलमा लखनऊले कोलकतालाई ७५...
कोलकतालाई हराउँदै लखनऊ शीर्षस्थानमा

काठमाडौं, वैशाख २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकतालाई हराउँदै लखनऊ सुपर जाइन्टस शीर्षस्थानमा उक्लिएको छ।

गए राति भएका खेलमा लखनऊले कोलकतालाई ७५ रनले पराजित गरेको हो। पुनेमा भएको खेलमा लखनऊले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १०१ रनमै समेटियो।

कोलकताका आन्द्रे रसेलले ४५, नारिनेले २२ र आरोन फिन्चले १४ रन बनाए। लखनउmका आभेश खान र जासन होल्डरले तीन तीन विकेट लिए।

पहिले ब्याटिङ गरेको लखनऊले सात विकेटको क्षतिमा १७६ रन बनाएको थियो। लखनऊका क्विन्टन डी ककले ५०, दिपक होडाले ४१, मार्कुस स्टोनिसले २८ र कुर्नाल पाण्ड्या २५ रन बनाए। कोलकताका लागि आन्द्रे रसेलले दुई विकेट लिए।

यो जितसँगै लखनऊ ११ खेलमा १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। कोलकता भने ११ खेलमा आठ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित मिति: ०७:१२ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्