२६ औं पटक सगरमाथा आरोहण गरेर कामी रिताले राखे नयाँ कीर्तिमानी
काठमाडाैं, बैशाख २४ : सर्वाेच्च शिखर सगरमाथाको २६ औं पटक आरोहण गरेर कामी रिता शेर्पाले कीर्तिमान कायम गरेका छन्। उनीसहितकाे ११ सदस्यीय टाेली...
काठमाडाैं, बैशाख २४ : सर्वाेच्च शिखर सगरमाथाको २६ औं पटक आरोहण गरेर कामी रिता शेर्पाले कीर्तिमान कायम गरेका छन्। उनीसहितकाे ११ सदस्यीय टाेली शनिबार सगरमाथा शिखरमा पुगेका हुन्।
आराेहण व्यवस्थापन सेभेन समिटका अनुसार उनले आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन।
सिनियर क्लाइम्बिङ गाइडको रुपमा कार्यरत कामीले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। उनले केटु र ल्होत्से १ पटक, मनास्लु तीन पटक, र चो ओयु ८ पटक, आराेहण गरेका छन्। उनले सबैभन्दा बढी ८००० मिटर अग्लाे हिमाल आरोहण गरेका छन्।
उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए।
उनीसँगै सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतारले हिमाल आराेहण गरेका छन्।











