Kathmandu Press

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं, कात्तिक ४ : नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ मा हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। 

सोमबार कमलपोखरीस्थित होटल क....

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने
फाइल

काठमाडौं, कात्तिक ४ : नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ मा हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। 

सोमबार कमलपोखरीस्थित होटल कमलमा पत्रकार सम्मेलन गरी मोहन वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो। 

पार्टीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले पार्टीले उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको बताए। गजुरेलले संविधान, सरकार र अहिलेको व्यवस्थाकै विकल्प खोजेकाले उपनिर्वाचनमा भाग नलिने बताए।

‘हाम्रो पार्टीले  निर्वाचनलाई रणनीति नभई कार्यनीति मान्छ।  त्यसैले पार्टीले यो पटक निर्वाचनमा भाग नलिने निर्णय लिएको हो,’ उनले भने। 

यसअघि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलेल देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भने भाग लिएको थियो।

मंसिर १४ मा प्रतिनिधिसभाको एक सिट, प्रदेश सभाको तीन सिट र स्थानीय तहको प्रमुखमा एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्षमा एक तथा वडा अध्यक्ष ४३ गरी ५२ पदका लागि निर्वाचन हुँदैछ।
 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, कात्तिक ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्