Kathmandu Press

राष्ट्रिय भलिबल : महिला-पुरुष दुवैतर्फकाे उपाधि आर्मीलाई

काठमाडाैं, वैशाख २४ : छैटौं संस्करणको आरबिबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।त्रिपुरेश्वरस्थित राखेपको...
राष्ट्रिय भलिबल : महिला-पुरुष दुवैतर्फकाे उपाधि आर्मीलाई

काठमाडाैं, वैशाख २४ : छैटौं संस्करणको आरबिबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो।

रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५–१५, २५–१८, २६–२८ र २८–२६ को सेटमा जित निकाल्यो। यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो।

आर्मीले ६ खेलमा १८ अंक जोड्यो। हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो। हेल्प नेपाल दोस्रो स्थानमा रह्यो। उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ। हेल्प नेपालले ३ लाख प्राप्त गर्यो। तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गर्यो। 

त्यस्तै महिलातर्फको उपाधि पनि आर्मीले जित्यो। अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो। विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० को सेटमा जित निकाल्यो। आर्मी पहिलो पटक च्याम्पियन बनेको हो। महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ। उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ। 

नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो। पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको थियो।

प्रकाशित मिति: १८:२३ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्