Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबिसे सुरुङमार्गको शिलान्यास, पुसबाट निर्माण सुरू हुने

काठमाडौं, कात्तिक ४ : नागढुंगा–नौबिसे सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। 

काठमाडौं उपत्यका भित....

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबिसे सुरुङमार्गको शिलान्यास, पुसबाट निर्माण सुरू हुने

काठमाडौं, कात्तिक ४ : नागढुंगा–नौबिसे सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। 

काठमाडौं उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने सबैभन्दा ठूलो नाकाको व्यवस्थापनका लागि लाइफ लाइन मानिएको सुरुङमार्ग शिलान्यास गरिएको हो। शिलान्यास भएपनि आयोजनाले काम भने पुसदेखि सुरु गर्नेछ। 

मुआब्जाको वितरण गर्न बाँकी रहेकाले कम्पनीले पुसदेखि मात्रै निर्माणको काम सुरु गर्नेछ। नेपालमा गाडी गुडाउन मिल्ने पहिलो सुरुङमार्ग र फ्लाइओभरसमेत निर्माण हुनेछ। 

जापान सरकारको सहयोगमा निर्माण हुने सुरुङमार्ग निर्माणको जिम्मा समेत जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। नेपालको भौगोलिक अवस्थाका कारण सुरुङमार्ग आफैमा एकदमै आवश्यक भएकाले नेपाललाई सुरुङ युगमा प्रवेश गराउने यो परियोजनाप्रति उत्साह पनि छ।

आयोजना जापानी प्रविधिबाट बन्ने भएकाले प्रविधि हस्तान्तरणमा दृष्टिले पनि यो निकै महत्वपूर्ण हुनेछ। हालसम्म जलविद्युत् र खानेपानी आयोजनामा मात्र सुरुङ बनाएको अनुभव नेपालसँग छ। सुरुङ २.६८ किलोमिटर लम्बाइको हुनेछ।

काम सुरु भएको ४२ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनामा नेपाल सरकारले ६ अर्ब तथा बाँकी जापान सरकारको सरल ऋण हुनेछ। 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, कात्तिक ४, २०७६