Kathmandu Press

राष्ट्रियसभा गृहमा नमुना मतदान (तस्बिरहरू)

काठमाडाैं, वैशाख २४ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा नमुना मतदान गरिएको छ।मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रियसभा...
राष्ट्रियसभा गृहमा नमुना मतदान (तस्बिरहरू)

काठमाडाैं, वैशाख २४ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा नमुना मतदान गरिएको छ।

मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो।

नमुना मतदानमा विभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागिता थियो।

मतदानमा महिला, पुरुष, अशक्त लगाएतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो।

त्यस्तै मतदानका क्रममा हुन सक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो। 

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्