Kathmandu Press

उपनिर्वाचनको तयारीमा जुट्याे राप्रपा

काठमाडौं, कात्तिक ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनको तयारीमा जुटेको छ।

राप्रपाले उपनिर्वाच....

उपनिर्वाचनको तयारीमा जुट्याे राप्रपा

काठमाडौं, कात्तिक ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनको तयारीमा जुटेको छ।

राप्रपाले उपनिर्वाचनबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ।

बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गरेका थिए। राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले बताए।

 

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, कात्तिक ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्