गठबन्धनको संस्कृति कैयौं वर्ष लैजानुपर्छ : प्रचण्ड
जनकपुरधाम, वैशाख २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको संस्कृति कैयौं वर्ष लैजानुपर्ने बताएका छन्।सत्ता गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन...जनकपुरधाम, वैशाख २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको संस्कृति कैयौं वर्ष लैजानुपर्ने बताएका छन्।
नकपुरधाममा आयजित चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश र संघको निर्वाचनसम्म मात्र नभएर गठबन्धनलाई लामो समय टिकाउनुपर्ने बताएका हुन्। उनले धेरै मेहनतपछि गठबन्धन बनेको बताए।
‘धेरै मेहनतपछि गठबन्धन बनेको हो। स्थानीय तहमा गठबन्धन कायम राख्न कयौ रात सुतेनौं,’ प्रचण्डले भने, ‘अब प्रदेश र संघको निर्वाचन मात्र नभई गठबन्धनको संस्कृति कैयन वर्ष लैजानुपर्छ।’ गठबन्धनबाट पाँचै दललाई फाइदा हुने उनको भनाइ थियो।
‘पाँचै दलको राजनीतिक स्वार्थलाई समेटेर गठबन्धन बनाएका हौं। पाँचै पार्टीले फाइदा उठाउन सकिने भएकाले गठबन्धन सम्भव भएको हो।’ उनले गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे।
उनले एमाले मधेसी जनताको नागरिकतासम्बन्धी समस्या समाधान गर्न तयार नरहेको आरोप लगाए। एमालेले सदनमा बहस गर्न नदिँदा नागरिकता विधेयक छलफल हुन नपाएको उनको भनाइ थियो।











