Kathmandu Press

गृहमन्त्रीसहित उम्मेदवारद्वारा वैदिक पराम्पराअनुसार पूजा

लुम्बिनी, वैशाख २४ :  गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैदिक पराम्पराअनुसार पूजाअर्चना गरेका छन्। गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान,...
गृहमन्त्रीसहित उम्मेदवारद्वारा वैदिक पराम्पराअनुसार पूजा

लुम्बिनी, वैशाख २४ :  गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैदिक पराम्पराअनुसार पूजाअर्चना गरेका छन्। 

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापालगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे। 

सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुुपर्नेमा जोड दिए। उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुपर्ने बताए।

धर्म, जातजाति, क्षेत्रीयता, लैङ्गियता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पु¥याए पनि आमनागरिकलाई बेफाइदा पुर्‍याउने बताए। 

गृहमन्त्री खाणले यस्ताखाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुपर्नेमा जोड दिए। 

सो अवसरमा नगरप्रमुख पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताए। 

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्