Kathmandu Press

गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु आवश्यक : देउवा

तनहुँको दमौलीमा कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अहिलेको उद्देश्य नै गठबन्धनलाई सफल पार्नु रहेको स्पष्ट पारे। 
गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु आवश्यक : देउवा

तनहुँ, वैशाख २४ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु अहिलेको आवश्यकता भएको बताएका छन्। 

तनहुँको दमौलीमा कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अहिलेको उद्देश्य नै गठबन्धनलाई सफल पार्नु रहेको स्पष्ट पारे। 

‘गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उदेश्य नेपाली कांग्रेससँग छ,’ उनले भने, ‘नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनुपर्छ।’

गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताउँदै उनले गठबन्धनलाई असफल पार्ने तत्वहरू सक्रिय रहेकाले तिनलाई परासत गर्नुपर्नेमा जोड दिए।

स्थानीय तह निर्वाचन हुन्छ कि हुँदैन भन्दाभन्दै हुने वातावरण बनिसकेको बताउँदै उनले तनहुँमा गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन आग्रह गरे। गठबन्धनको खिलाफमा लागेका तत्वलाई गठबन्धनलाई जिताएर दबाब दिन पनि उनले अनुरोध गरे।

तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ। दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन।

तनहुँको कार्यक्रमपछि जनकपुरको कार्यक्रममा सहभागी भई काठमाडौं फर्कने र भोलि (आइतबार) दाङ र पोखरा जाने कार्यक्रम रहेकाले धेरै बोल्न नभ्याइएकोमा माफी माग्दै उनले भने, ‘गठबन्धनलाई सफल पारौं। गठबन्धनलाई सफल पारौं।’ 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्