मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच भेटवार्ता
काठमाडौ, कात्तिक ४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक एवं स....

काठमाडौ, कात्तिक ४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र संघका उप–महासचिव डा.नतालिया कनेमबीच शिष्टाचार भेटवार्ता भएको छ।
आइतबार सिंहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री थापाले सरकारले समतामूलक समाज निर्माण र आमनागरिकले न्यायमूलक समाजमा जिउन पाउने अधिकारको परिकल्पना गरेको बताइन्।
मन्त्री थापाले सरकारले २०७६ लाई लैगिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकाले त्यसमा सघाउन आग्रह गरिन्।
दुईदिने नेपाल भ्रमणमा आएकी कनेमले लैगिक हिंसा र बालविवाह अन्त्य गर्न सँगसँगैै रहेर काम गरेको बताइन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरू गरेको लैगिक हिंसाविरुद्धको अभियानलाई सहयोग गर्न आपूmहरु तत्पर रहेको बताइन्।
सन् १९९४ मा भएको जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी)को कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिवद्धताअनुसार हालसम्म गरेको उपलब्धीबारे जानकारी लिन डा.नतालियासहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो।











