सत्तारुढ गठबन्धन टालाटुली बटुली बनाएको पुतलीजस्तै : ओली
इटहरी, वैशाख २४ : एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ दलको गठबन्धन टालाटुली बटुली बनाएको पुतलीजस्तै भएको बताएका छन्।इटहरी एमालेले आज (शनिबार) आयोजना गरेको...
इटहरी, वैशाख २४ : एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ दलको गठबन्धन टालाटुली बटुली बनाएको पुतलीजस्तै भएको बताएका छन्।
इटहरी एमालेले आज (शनिबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेसँग एक्लै चुनाव लड्न नसकेपछि पाँच दलले गठबन्धन बनाएको बताए।
बाँडीचुँडी खाने उद्देश्यले बनाएको गठबन्धनका उम्मेदवारलाई मत नदिन ओलीले इटहरीवासीलाई आग्रह गरे। सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प गरेको एमालेका उम्मेदवारलाई मतदान गर्न उनले अपिल गरे।
‘इटहरी विकासको जिम्मा म लिन्छु,’ उनले भने, ‘याम सुब्बा र संगीता चौधरीलाई तपाईंहरुले जितानुपर्छ।’ उनले एमालेको घोषणापत्रमा विकासैविकास देखिने जिकिर पनि गरे।
ओली इटहरीको कार्यक्रम सकेर धरान गएका ओलीले आजै मोरङका विराटनगर र सुन्दहरैंचामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १४:४३ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











