Kathmandu Press

एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ : पाैडेल

बुटवल, वैशाख २४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्ने बताएका छन्।कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज...
एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ : पाैडेल

बुटवल, वैशाख २४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्ने बताएका छन्।

कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज (शनिबार) बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका कारण संसद, अदालत, संवैधानिक निकाय सबैतिर अस्थिरता निम्तिएको दाबी गर्दै उनले राजनीतिक स्थिरताका लागि पाँचदलीय प्रगतिशील गठबन्धनलाई बलियो बनाएर एमालेको गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिए।

संसद विघटन गरेर अस्थिरता ल्याउने ओली र उनका अनुयायीलाई तीनै तहका चुनावमा पराजित गर्नुपर्ने भनाइ उनको थियो।

दिनभरि चुच्चे नक्सा देखाएर राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार परेर ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादका नाममा प्रतिगमन गरेर ठगेको आरोप पौडेलले लगाए।

ओली संविधान, संसदीय व्यवस्था, गणतन्त्रविरुद्ध अघि बढेको उनको जिकिर थियो। 

नेता पौडेलले जनताको घरघरमा पुग्ने, अस्पतालको बेडबेडमा पुग्ने, सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका तर्फबाट बुटवल मेयर उम्मेदवार खेलराज पाण्डेलगायत गठबन्धनका सबै नेतालाई जिताउन आग्रह गरे।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्