जिम्बावे 'ए'विरुद्ध नेपालकाे सानदार जित
कीर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे 'ए'लाई ९ विकेटले हराएको हो।
काठमाडौं, वैशाख २४ : दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे 'ए' विरुद्ध सानदार जित निकालेको छ।
कीर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे 'ए'लाई ९ विकेटले हराएको हो। जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो। नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए।
आसिफ शेखले अविजित ३४ रन जोडे। विनोद भण्डारी ४ रनमा अविजित रहे। जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो।
नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए। जितसंगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ। अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ।
प्रकाशित मिति: १३:५१ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











