Kathmandu Press

'एमालेकै कारण मधेसी जनताको आकांक्षाबमाेजिम संविधान संशोधन हुन सकेन'

काठमाडौं, वैशाख २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण मधेसी जनताको आकांक्षाबोजिम संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन्।धनुषामा आज...
'एमालेकै कारण मधेसी जनताको आकांक्षाबमाेजिम संविधान संशोधन हुन सकेन'

काठमाडौं, वैशाख २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण मधेसी जनताको आकांक्षाबोजिम संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन्।

धनुषामा आज (शनिबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा आफू प्रधानमन्त्री हुँदा मधेसी जनताको मागबमोजिम संविधान संशोधन प्रस्ताव संसदमा पेस गर्दा एमालेले विरोध जनाएका कारण असफल हुन पुगेको बताए।

मधेसी जनताका माग पूरा हुन नदिने एमाले अहिले मधेसमा भ्रम छर्दै हिँडिरहेको उनले बताए। एमालेले राजावादीका अलावा समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन गरेर अघि बढिरहेको प्रचण्डको भनाइ थियो।

मधेसी जनताको अधिकार प्राप्ति र मधेसको समग्र विकासका लागि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनको पक्षमा देशभरि लहर आएको दाबी उनले गरे।

उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए।  

आफू पराजित हुने डरले धनुषामा हिन्दु–मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन एमालेले उद्यत् रहेको आरोप पनि उनले लगाए।

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्