Kathmandu Press

प्रधानमन्त्री देउवा बुटवलमा

काठमाडाैं, वैशाख २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल पुगेका...
प्रधानमन्त्री देउवा बुटवलमा

काठमाडाैं, वैशाख २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल पुगेका छन्। 

प्रधानमन्त्री देउवा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज (शनिबार) बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका हुन्।

प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन अहिले बुटवल पुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सचिव प्रजापाल गिरीले जानकारी दिए।

चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्