Kathmandu Press

नक्कली नोट छाप्ने मेसिनसहित तीन युवक पक्राउ

काठमाडौं, कात्तिक ४ : नेपाल प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीनजनालाई पक्राउ गरेको छ।

बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर ....

नक्कली नोट छाप्ने मेसिनसहित तीन युवक पक्राउ

काठमाडौं, कात्तिक ४ : नेपाल प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीनजनालाई पक्राउ गरेको छ।

बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने मेसिनसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो।

घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिए।

उनीहरूबाट प्रहरीले रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, सिपियु, मनिटर, क्यामरा, कैँची, गम, ठूलो र सानो साइजको कागज बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, कात्तिक ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्