Kathmandu Press

नेपालको उत्कृष्ट बलिङ, जिम्बाबे ए ८७ रनमै अलआउट

काठमाडाैं, वैशाख २४ : टेस्ट राष्ट्र जिम्बाबेको ए टिमविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। फास्ट बलरद्वय सोमपाल कामी...
नेपालको उत्कृष्ट बलिङ, जिम्बाबे ए ८७ रनमै अलआउट

काठमाडाैं, वैशाख २४ : टेस्ट राष्ट्र जिम्बाबेको ए टिमविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। फास्ट बलरद्वय सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले जिम्बाबेलाई ८७ रनमै अलआउट गरेको छ।

पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले ८८ झिनो लक्ष्य पाएको छ।

पावर प्लेअमै ५ विकेट गुमाएको जिम्बाबेका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । उसका जोनाथन क्याम्पबेल सर्वाधिक २० रन बनाउँदा ब्राड इभान्सले २० र केफास जुवाले १० रन बनाए।

६६ रनमै ९ विकेट गुमाएको जिम्बाबेका लागि इभान्स र भिक्टर न्योचीले २१ रनको महत्वपूर्ण साझेदलारी गरेका थिए।  

जिम्बाबेको इनिङ धरासायी बनाउने क्रममा नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिए । करणले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चिए भने सोमपालले ७ ओभरमा १६ रन खर्चिए।

यस्तै, कप्तान सन्दीप लामिछानेले ८.५ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।

 

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्