गृहजिल्लाको सभा छाडेर विमलेन्द्र निधि सुनसरी जाँदै
काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधि गृहजिल्ला धनुषामा हुने सत्ता गठबन्धनको चुनावी सभामा सहभागी नहुने भएका छन्। नेता निधिले धनुषाको...
काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधि गृहजिल्ला धनुषामा हुने सत्ता गठबन्धनको चुनावी सभामा सहभागी नहुने भएका छन्। नेता निधिले धनुषाको जनकपुरमा आज हुने चुनाव सभामा वक्ताका रुपमा आफ्नो नाम राखिए पनि आफू सहभागी नहुने बताएका छन्।
जनकपुरको सत्ता गठबन्धनको चुनावी सभा छाडेर निधि सुनसरीको धरानमा आजै हुने चुनावी सभामा सहभागी हुने बताइएको छ।
पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ । यस्तै सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष उपेन्द्रयादव लगायतले पनि सम्बोधन गर्ने छन्।
प्रकाशित मिति: ११:३९ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






