जिम्बाबे एविरुद्ध नेपालको उत्कृष्ट सुरुआत
काठमाडाैं, वैशाख २४ : एकदिवसी सिरिजको दोस्रो खेलमा नेपालले जिम्बाबे एविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावल...
काठमाडाैं, वैशाख २४ : एकदिवसी सिरिजको दोस्रो खेलमा नेपालले जिम्बाबे एविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावल प्लेमै ५ विकेट लिँदै जिम्बाबेमाथि दबाब बनाएको छ ।
नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा फास्ट बलरद्वय करण केसी र सोमपाल कामीले उत्कृट बलिङ गरे। इनिङको पहिलो बलमै विकेट लिएका करणले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने सोमपालले ४ ओभरमा ११ र खर्चेर २ विकेट लिएका छन्।
ताजा अवस्थामा ९ ओभरको समाप्तिमा जिम्बाबे एले २८ रन बनाउँदा ५ विकेट गुमाएको छ।
प्रकाशित मिति: १०:२८ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






