चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर जाने
काठमाडाैं, वैशाख २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। पाँच दलीय गठबन्धनले धनुषाको...
काठमाडाैं, वैशाख २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। पाँच दलीय गठबन्धनले धनुषाको जनकपुरमा आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने भएृका हुन्।
सभापति प्रधानमन्त्री देउवासँगै पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहने छ।
जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने सभालाई देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।
जनकपुरको सभापति प्रधानमन्त्री देउवाले तनहुँ र बुटबलमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १०:०९ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






