Kathmandu Press

नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडाैं, वैशाख २४ : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सर्वाजनिक भएको छ। शनिबार एक कार्यक्रबबीच युवा तथा...
नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडाैं, वैशाख २४ : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सर्वाजनिक भएको छ। शनिबार एक कार्यक्रबबीच युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालालगायतले राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको मस्कटमा कस्तुरी मृग प्रयोग गरिएको छ भने लोगोमा समग्र गण्डकी प्रदेशको झल्को दिइएको छ।

गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको थियो ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रने छ। यो नारा शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो बनाउनेले ५०, मस्कट बनाउनेले २५ र नारा बनाउने १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गन्डकी प्रदेशमा आयोजना हुने छ ।

प्रकाशित मिति: ०९:४९ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्