Kathmandu Press

जिम्बाबेविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

काठमाडाैं, वैशाख २४ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एकदिवसी सिरिजको दोस्र्रो खेलमा नेपालले टस जितेको छ । केही सयमपछि सुरु हुने खेलमा नेपालका...
जिम्बाबेविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

काठमाडाैं, वैशाख २४ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एकदिवसी सिरिजको दोस्र्रो खेलमा नेपालले टस जितेको छ । केही सयमपछि सुरु हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले जिम्बाबे एविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।

मुख्य प्रशिक्षक पुबुदु दसानायकले टिममा २ परिवर्तत गरेका छन् । उनले युवा अलराउन्डर आदिल आलमको स्थानमा अर्का अलराउन्डर सुनिल धमलालाई मौका दिएका छन् भने स्पिनर सुशन भारीको स्थानमा ब्याट्सम्यान विनोद भण्डारीलाई पनि टिममा राखिएको छ। सुनिल लामो समयपछि टिममा परेका हुन्।

विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि आयोजना गरिएको सिरिजको पहिलो खेलमा नेपालमा जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो।

नेपाली टिमः कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, विनोद भण्डारी, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सागर ढकाल।

प्रकाशित मिति: ०९:१६ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्