हिन्दू समाज पार्टी अध्यक्षका हत्यारा नेपाल भागेको दाबी
काठमाडौं, कात्तिक ४ : भारतको हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्षका हत्यारा नेपाल भागेको भारतीय प्रहरीले दाबी गरेको छ।
भारतीय मिडियाका अनु....

काठमाडौं, कात्तिक ४ : भारतको हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्षका हत्यारा नेपाल भागेको भारतीय प्रहरीले दाबी गरेको छ।
भारतीय मिडियाका अनुसार, हिन्दू समाज पार्टीका केन्द्रीय अध्यक्ष कमलेश तिवारीको असोज ३० गते हत्या गरिएको थियो। उनलाई भेट्न आएका दुई युवकले गोली हानी तथा घाटी रेटेर हत्या गरेका थिए।
यसमा अनुसन्धान गरिरहेको गुजरात, सुरत र यूपि प्रहरीको टोलीले तिवारीलाई भेट्न दुई युवक फोन गरेरै आएको जनाएको छ। लखनउस्थित उनको कार्यालयमा पुगेका उनीहरुले मिठाइको डब्बामा पेस्तोल लुकाएर लिएका थिए।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, उनीहरु तिवारी भेट्न आएको भन्दै उनको कार्यकक्षमा प्रवेश गरेका थिए। केहीबेर कुराकानी गरेको उनीहरुले पहिले चक्कुले घाँटी रेटेको र त्यसपछि गोली हानेको जनाएको छ।
प्रहरीका अनुसार, उनीहरु दिपावलीको अवसरमा तिवारीबाट आर्शिकवाद लिन भनेर आएका थिए। त्यही अवसरमा उनीहरुले मिठाइ ल्याएका थिए।
गेरु बस्त्र लगाएकार आएका दुवै जना असोज २९ गते सुरतबाट आएको जनाएको छ। उनीहरु फरीद भनिने मोइन खान पठान र अशफाफ खान पठान रहेको प्रहरीको भनाइ छ।
दुवै जनाले रेलबाट कानपुर पुगेका थिए। त्यहाँबाट ट्याक्सी लिएर लखनउ पुगेका थिए। उनीहरु त्यस राति लखनउको खासला इन होटलमा बसेका थिए। त्यहाँ प्रहरीले दुवै जनाका केही कपडा बरामद गरेको छ।
उनीहरुले गुगल गरेर कमलेश तिवारीको घर पत्ता लगाएका थिए। घर पत्ता लगाएपछि रातिनै उनीहरुले तिवारीलाई फोन गरेर दिपावलीको आर्शिकवाद लिन आएको बताएका थिए। तिवारीका लागि सुरतको प्रसिद्ध मिठाइ लिएर आएको समेत उनीहरुले फोनमै भनेका थिए।
त्यसपछि असोज ३० गते बिहान तिवारीको कार्यकक्षमा पुगेका उनीहरुले मिठाइको डब्बामा पेस्तो लुकाएर लगेको जनाएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार, गेरु बस्त्र लगाएका उनीहरुले तिवारीसँग कुराकानी समेत गरेका थिए।
#KamleshTiwari murder case: CCTV footage in Surat show assailants with sweet box. pic.twitter.com/esy3QJ5iaM
— TOI Ahmedabad (@TOIAhmedabad) October 19, 2019
उनीहरुले मिठाइ दिने क्रममा घाटी समातेर अठ्याएका थिए। त्यसपछि चक्कुले घाँटी रहेको भारतीय मिडियाले जनाएको छ। घाँटी रेटेपछि गोली पनि हानेका थिए।
दुवै जना त्यहाँबाट निस्केको सीसीटीभी फुटेजमा देखिएको छ। उनीहरुले मिठाइ बोकेर आएको पनि देखिएको छ।
त्यसपछि उनीहरु होटलमै गएको देखिएको छ। उनीहरुले होटलमा गेरु बस्त्र छोडेको पाइएको छ। कपडामा रगत लागेको भेटिएको भारतीय प्रहरीले जनाएको छ।
उनीहरु त्यहि दिन लखनउबाट भागेको अनुमान गरिएको छ। भारतीय मिडियाले अनुसन्धान संलग्न अधिकारीको भनाइ उद्धृत गर्दै दुवै जना नेपाल भागेको समाचार लेखेको छ।
उनीहरु लखनउबाट शाहजहाँपुर पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। शाहजहाँपुरमा प्रहरीले छापा पनि हानेको छ। तर, उनीहरु भेटिएका छैनन्। त्यहाँबाट नेपाल भागेको भारतीय प्रहरीको दाबी छ।
को हुन कमलेश तिवारी?
लखनउका बासिन्दा हिन्दू समाज पार्टीका केन्द्रीय अध्यक्ष हुन्। उनले यो पार्टी सन् २०१७ मा स्थापना गरेका थिए।
यस अघि उनी हिन्दू महासभासँग जोडिएका थिए। उनले आफू हिन्दू महासभाको अध्यक्ष भएको घोषणा गरेका थिए। तर, महासभाले अस्वीकार गरेपछि उनले हिन्दू सामाज पार्टी खोलेका थिए।
उनले सन् २०१२ मा लखनउबाट चुनाव पनि लडेका थिए। उत्तर प्रदेशसभा निर्वाचनमा उनी पराजित भएका थिए।
सन् २०१९ को निर्वाचनमा पनि उनी फैजावादबाट उम्मेदवार बनेका थिए। त्यसमा पनि उनी पराजित भए।
उनी भारतीय जनता पार्टी समर्थित राष्ट्रिय स्वयंसेवक संघमा पनि आवद्ध थिए। उनको हत्या घटनाले भारतभरी चर्चा पाएको छ। हत्या भएको एक साता बित्दा पनि केही हत्याराको केही सुराक मिलेको छैन।











